काठमाडौं- स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १७ सय बढेको छ भने चाँदी ३५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। यसैगरी चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन पाँच हजार रुपैयाँ बढेको थियो।