बिहीबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेची भन्सारले दस महिनामा संकलन गर्‍यो करिब १३ अर्ब राजस्व

मेची भन्सारले दस महिनामा संकलन गर्‍यो करिब १३ अर्ब राजस्व

 |  बिहीबार, जेठ ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

vianetvianet

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो। 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो। 

‘गत आव २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौं,’ उनले भने।

कार्यालयको तथ्यांकानुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ। यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु २० करोड २९ लाख ९४ हजार, राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए। 

यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ। सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ। 

National life insurance

प्रकाशित: May 22, 2025| 08:20 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्