शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नीतिगत स्थायित्व मेरो प्राथमिकतामा पर्छ: गभर्नर पौडेल

नीतिगत स्थायित्व मेरो प्राथमिकतामा पर्छ: गभर्नर पौडेल

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन्।

National life

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए। “निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो। अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ। निर्णयहरू पूर्वानूमानयोग्य हुनुपर्दछ। बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,” उनले भने। उनले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने उल्लेख गरे।

नवनियुक्त  गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए। उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताए।

“चालु आर्थिक वर्षमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैरमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ। नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ। केन्द्रीय बैंकका नीतिहरू प्नि–स्थिर हुन आवश्यक छ,” अध्यक्ष ढकालले भने।

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनुपर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनुपर्ने सुझाव दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 21, 2025| 19:21 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्