शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक राजस्व कार्यालय वीरगञ्जले उठायो लक्ष्यभन्दा धेरै राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले उठायो लक्ष्यभन्दा धेरै राजस्व संकलन

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

पर्सा- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ।

National life

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा ६ अर्ब १३ करोड ९५ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा ६ अर्ब ६५ करोड ७९ लाख आठ हजार रूपैयाँ अर्थात् १०८ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए। 'कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,' उनले भने, 'आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व संकलन भएको छ।'

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म दुई अर्ब १३ करोड २५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात् ९९ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ।

त्यस्तै, अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार रूपैयाँ अर्थात् १३८ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ। त्यस्तै, बहाल करतर्फ २२ करोड ९१ लख चार हजार रूपैयाँ संकलन गरेको छ।

Laxmi sunrise bank
kumari

ब्याज करतर्फ भने ४५ करोड ५७ लाख संकलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार रूपैयाँ अर्थात् ८३ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको छ।

विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। रासस

प्रकाशित: May 21, 2025| 17:01 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्