बुधबार, असार ४, २०८२

बलिउडका पाँच विवादित ‘किस’ (तस्बिरसहित)

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – बलिउडका थुप्रै फिल्ममा ‘किस सिन’ छन्। कथाले मागेअनुसार ‘किस सिन’ हुनु स्वाभाविकै हो। तर, ‘किस सिन’ कै कारण बेलाबेला केही अभिनेता/अभिनेत्री विवादमा तानिने गरेका छन्। ‘हट किस सिन’ ले नै उनीहरुलाई विवादमा तान्ने गरेको हो। यहाँ बलिउडका यस्तै विवादित पाँच किसको चर्चा गरिएको छ।



विपाशा बसु र क्रिस्टियानो रोनाल्डो

फुलबलका चर्चित खेलाडी रोनाल्डोले बलिउड एक्टर बिपाशा बसुलाई सबैको सामुन्ने किस गरेका थिए। उनले गरेको किसले भारतीय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो। क्रिस्टियानो र बिपाशाबीचको त्यो किस यति विवादित बन्यो कि त्यसपछि जोन अब्राहमले बिपाशासँग ब्रकअप नै गरिदिए।



राखी र मिका सिंह

सन् २००७ सालतिरको हो। राखी सावन्त मिका सिंहको बर्थडे पार्टीमा सहभागी भएकी थिइन् । त्यहाँ उनलाई मिकाले जबरजस्ती किस गरेका थिए। त्यो किस कान्ड निकै विवादित बन्यो । आपसमा विवाद समाधान नभएपछि किस काण्ड पुलिससम्म पुगेको थियो।



महेश भट्ट र पूजा भट्ट

फिल्म निर्माता तथा निर्देशक महेश भट्टको जीवन प्रायः विवादमै रह्यो। उनी एक पटक आफ्नै छोरी पूजा भट्टलाई किस गरेका कारण विवादमा तानिएका थिए। 

धेरै पहिले स्टारडस्ट म्यागेजिनका लागि उनले पूजासँग ओठ जोडिएको सिन दिनुपर्ने थियो। यो तस्बिर म्यागेजिनको कभरमा छापिएको थियो। यो फोटो विवादमा आउनुको मुख्य कारण थियो महेशले उक्त तस्बिरमाथि गरेको कमेन्ट। महेशले भनेका थिए, ‘यति पूजा मेरी छोरी नभएको म उसँग बिहे नै गरिदिन्थें।’



दीपिका पादुकोण र सिद्धार्थ माल्या

२०१३ सालतिर दीपिका पादुकोण पनि किस सिनका कारण विवादमा थिइन्। सिद्धार्थ माल्यासँग किस गरेका कारण दीपिका विवादमा तानिएकी थिइन्।

त्यो समयमा आइपिएल रोयल च्यालेन्जर्स बेग्लोर र कोलकाता नाइट राइडर्सबीचको म्याच चलिरहेको थियो। दीपिका र सिद्धार्थ सँगै बसेर म्याच हेरिरहेका थिए। जब रोयल च्यालेन्जर्सले म्याच जित्यो सिद्धार्थले दीपिकालाई समातेर किस गरे। त्यो किसपछि उनीहरु विवादमा तानिएका थिए।



लिना चन्द्रावरकर र राम जेठमलानी

राम जेठमलानी भारतका चर्चित वकिल हुन्। सन् २०१५ मा उनी एक अवार्ड फङ्सनमा सहभागी थिए। सोही कार्यक्रममा चर्चित अभिनेत्री लिना चन्द्रावरकर पनि सहभागी थिइन्। उक्त समारोहमा ककिल जेठमलानीले चन्द्रावरकरसँग हट लिप किस गरेका थिए। जुन किसको चर्चा निकै पछिसम्म पनि हुने गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्