शनिबार, पुस १२, २०८२

सुनको मूल्य एकैदिन पाँच हजार बढ्यो

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

काठमाडौं— अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

National life

विगत तीन दिनदेखि  स्थिर रहेको  पहेँलो धातुको मोल आज तोलामा पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित: May 21, 2025| 11:21 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्