शनिबार, पुस १२, २०८२

विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सरकारको निर्णय

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

काठमाडौं- अर्थविद् विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

National life

मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

‘विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ, तीन जनाको नाम सिफारिस भएको थियो,’ उनले भने।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले आज अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो। उक्त छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

Laxmi sunrise bank
kumari

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त थियोछ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।

पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर बनेका छन् । 
 

प्रकाशित: May 20, 2025| 18:50 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्