शनिबार, पुस १२, २०८२

नेप्सेमा ४९ अंकको उछाल

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक १.८६ प्रतिशतले बढेको हो।

National life

परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा कायम भएको छ। कारोबार रकम भने सामान्य घटेको छ।

आज ३१० कम्पनीको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर सात अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँमा किनबेच भएको छ। हिजो सोमबार सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ३.४२ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.९१, विकास बैंक २.९५, वित्त २.४४, जलविद्युत २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूहको उपसूचक १.४९ प्रतिशतले बढेको छ।

सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै ओम मञ्जुश्री फर्मास्युटिकल ९.९९, ग्रिन डेभलपमेन्ट बैंक र राप्ति हाइड्रो एन्ड ग्रिन कन्स्ट्रक्सनको सेयर मूल्य ९.९७ प्रतिशतले उकालो लागेको छ। 

Laxmi sunrise bank
kumari

विन नेपाल लघुवित्तको सेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ।
 

प्रकाशित: May 20, 2025| 15:42 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्