शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वी नेपालका ५ शहरमा स्याकार ट्रेडिङको फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेटको टेस्ट ड्राइभ

पूर्वी नेपालका ५ शहरमा स्याकार ट्रेडिङको फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेटको टेस्ट ड्राइभ

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा गाडी प्रयोगकर्तालाई लक्षित गरी फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेटको टेस्ट ड्राइभ गरेको छ। 

National life

विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायतका शहरमा तीन दिने फ्री सर्भिस क्याम्प तथा होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रम विराटनगरस्थित होण्डा अथोराइज्ड सर्भिस सेन्टर–सुबध अटो सर्भिस सेन्टरमा सम्पन्न भएको हो।

कम्पनीले उक्त क्याम्पमा लेबर चार्जमा २० प्रतिशत, पार्ट्समा ७ प्रतिशत, ल्युब्रिकेन्टमा ५ प्रतिशत छुट प्रदान गरेको थियो।

साथै, एचडीएस स्क्यान सेवा र सन् २००१ देखि २०१४ सम्मका कम्पनीद्वारा तोकिएका मोडेलका गाडीमा होण्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयर ब्याग परिवर्तन समेत गरिएको छ।

Shivam cement

भविष्यमा पनि आफ्ना ग्राहकलाई यस्तै सुविधायुक्त सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

प्रकाशित: May 19, 2025| 12:24 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्