बुधबार, जेठ १३, २०८३

चलचित्र ‘महाराजधिराज’मा वर्षा राउत अनुबन्ध 

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

काठमाडौं- चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन्। स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो।

National life

हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ। ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन्।

आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन्। जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन्। ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।

यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ। सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

Shivam cement

प्रकाशित: May 19, 2025| 12:12 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्