शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा 'स्ट्रेन्थ पार्टनर'को रूपमा शिवम् सिमेन्ट

प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा 'स्ट्रेन्थ पार्टनर'को रूपमा शिवम् सिमेन्ट

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

काठमाडौं- नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा 'स्ट्रेन्थ पार्टनर' को रूपमा सहकार्य गर्ने भएको छ।

National life

नेपाल भलिबल संघद्वारा आयोजित ९औं प्रधानमन्त्री कप–एनभिए महिला/पुरुष भलिबल लिग २०८२ आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पोखराको रंगशालास्थित कभर्ड हलमा आयोजना हुनेछ।

प्रतियोगितामा ६ महिला र ८ पुरुष टिम गरी कुल १४ टिम सहभागी हुनेछन्। शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवर्द्धन र दीर्घकालीन समर्थनको नीति अनुरूप प्रतियोगितामा सहकार्य गर्न लागेको हो।

यस सम्बन्धमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ विभागका उपाध्यक्ष निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो।

शिवम् सिमेन्टले यसअघि पनि नेपाली भलिबलको प्रवर्द्धनमा विभिन्न माध्यमबाट योगदान दिँदै आएको छ।

Laxmi sunrise bank
kumari

कम्पनीले शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित महिला भलिबल कप, न्यू डाइमण्ड एकेडेमी टिम, र एभरेष्ट भलिबल लिगअन्तर्गत कर्णाली यशविस टिमको प्रायोजन गर्दै भलिबलको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

प्रकाशित: May 19, 2025| 12:11 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्