बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल फ्ल्यास सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच

एनसेल फ्ल्यास सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच

 |  सोमबार, जेठ ५, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

vianetvianet

काठमाडौं- एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ।

Kumaribank

यो अफर शनिबार (ज्येष्ठ ३)बाट शुरु भई हरेक शनिबार ज्येष्ठ ३१ गतेसम्म संचालनमा रहने छ। शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन्।

सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन। फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन्। यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्।

यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन्। त्यसैगरी करसहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।

ग्राहकले रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन्। रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्। अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन्।
 

Metro Mart

प्रकाशित: May 19, 2025| 12:08 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्