शनिबार, असार २८, २०८२

मनाङमा सार्वजनिक भयो म्याक्सस ईटेरोन-९, मूल्य कति ?

 |  सोमबार, जेठ ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

vianetvianet

म्याक्सस ईटेरोन ९ इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरिएको छ। काठमाडौंबाट मनाङ पुर्‍याएर पिकअप लन्च गरिएको हो।

नेपालमै पहिलो पटक ३ हजार ५ सय मिटरभन्दा उच्च भू–भागमा पिकअप सार्वजनिक गर्दै विद्युतीय सवारीमा भएको नविनतम प्रविधिलाई प्रदर्शन गरिएको हो।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले मनाङमा पिकअप सार्वजनिक गरेको हो। यसको मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यो पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर छ, जसले ७०० एनएमको टर्क जेनेरेट गर्छ। यसले ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ।

ईटेरोन पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। यसले सिंगल चार्जमा एनईडीसी अनुसार अधिकतम ५६० किलोमिटर सम्मको रेन्ज दिन्छ। सो ब्याट्रीलाई फास्ट चार्जरमार्फत ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ।

यो गाडीमा इलेक्ट्रोनिक एयर सस्पेन्सन सहित २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ। त्यसैगरी सबै भूभागमा चलाउन मिल्ने गरी विभिन्न ड्राइभ मोड रहेका छन्।

यसको इन्टेरियरमा हिटेड, भेन्टिलेटेड, मसाज फिचर सहित मेमोरी सहितको टु–टोन लेदर सिट रहेको छ। त्यसैगरी ड्युअल १२.३ इन्चको डिजिटल क्लस्टर र इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल तथा प्यानोरामिक सनरुफ, रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका लक्जरी फिचर रहेका छन्।

यो पिकअपले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। यसमा २० भन्दा बढी आधुनिक सुरक्षा फिचर रहेका छन्। यसमा ९ एयरब्याग, ३६० डिग्री सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट तथा एईबी, बीएसएम, आरसीटीए, टीपीएमएस, अटो होल्ड लगायतका फिचर समेत रहेका छन्।
 

प्रकाशित: May 19, 2025| 12:03 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्