शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी फुटाउन अध्यादेश ल्याए संसदीय इतिहासमा कालो निर्णय हुनेछ : एमाले

पार्टी फुटाउन अध्यादेश ल्याए संसदीय इतिहासमा कालो निर्णय हुनेछ : एमाले

नेकपा एमालेले राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याइए संसदीय इतिहासमा कालो निर्णय हुने बताएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– नेकपा एमालेले राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याइए संसदीय इतिहासमा कालो निर्णय हुने बताएको छ। एमालेको तर्फबाट प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महेश बस्नेतले यस्तो बताएका हुन्। 

‘मापसे सरकारले आज एउटा गजबको निर्णय गर्दैछ भन्ने सुनें– यो संसद् अन्त्य गर्ने र अध्यादेशमार्फत नेकपा एमाले विभाजन गर्ने अध्यादेश आज ल्याउँदै छ रे,’ उनले भने,‘ डेढ महिनासम्म हिजो संसदीय व्यवस्थालाई चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्यो भने यो संसदीय इतिहासमा कालो निर्णय हुनेछ।’

माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले ‘मापसे’ सरकार भएको टिप्पणी गर्दै उनले एक महिना बितिसक्दासम्म सरकारले संसदलाई विजनेश दिन नसकेको बताए । 

न्यायालयमा व्याप्त भ्रष्टाचार लगायतका विषयमा अदालतले नै गठन गरेको समितिले प्रतिवेदन बुझाइसकेको भन्दै उनले अदालतमा हुने अनियमितता र विकृति नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए। ‘भ्रष्टाचार, घूसखोरी, सेटिङ लगायतका गतिविधि हुने गरेको प्रधानन्यायाधीशले बनाएको आयोगले दिएको प्रतिवेदनले नै प्रष्ट रुपमा बोलेको छ,’उनले भने,‘अदालतलाई विकृतिको थलो बनाउन खोज्ने न्यायाधीश भए महाअभियोग र अन्य भए कारवाहीको दायरामा जानुपर्छ।’

प्रकाशित: Aug 16, 2021| 15:22 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...