शनिबार, असार ६, २०८३

आजको विनिमय दर [२०८२ जेठ ३ गते]

 |  शनिबार, जेठ ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी  डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ। 

National life

अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ। 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ  ५० पैसा र बिक्री दर २० रुपैयाँ  ५९ पैसा तोकिएको छ। 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपैयाँ १८ पैसा रहेको छ। 

भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

Shivam cement

प्रकाशित: May 17, 2025| 08:14 शनिबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्