सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा उठायो १ खर्ब ४० अर्ब राजस्व

वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा उठायो १ खर्ब ४० अर्ब राजस्व

 |  शुक्रबार, जेठ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा १ खर्ब ४० अर्ब ४२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा कुल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व संकलन गरेको हो।

National life

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। 'चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ', उनले भने, 'सो अवधिमा राजस्व संकलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ।'

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो। त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै, फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

बैशाखमा भने १५ अर्ब ७२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रूपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 16, 2025| 18:01 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्