शनिबार, पुस १२, २०८२

झापाको पुँजीगत खर्च ४२ प्रतिशत

 |  बिहीबार, जेठ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२

झापा- जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव  ५६ प्रतिशत भएको छ।

National life

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकाे थियाे। वैशाखसम्ममा ४ अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ।

‘चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाख रुपैयाँमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ’ उनले भने।

कार्यालयको तथ्यांकअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार रुपैयाँ खर्च भएको छ। चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख ७ हजार २३ रुपैयाँ राजस्व संकलन भएको छ। रासस

प्रकाशित: May 15, 2025| 16:01 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्