शनिबार, पुस १२, २०८२

हिङ्ड्रा आरडीसिक्स ईभी पिकअप नेपाली बजारमा

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं- नेपाली विद्युतीय सवारी बजारमा नयाँ गति ल्याउने उद्देश्यसहित लिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभल्भ टु रिड्डारा एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।

National life

योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना पेट्रोल वा डिजेल सवारी साटेर शक्तिशाली र सुविधासम्पन्न विद्युतीय पिकअप ‘हिङ्ड्रा आरडीसिक्स ईभी’ मा १० प्रतिशतसम्मको डाउनपेमेन्ट छुट पाउने छन्।

हिङ्ड्रा आरडीसिक्स पिकअप गीली ग्रुपको विश्वस्तरीय प्रविधिमा आधारित छ। यो गाडी ७३ किलोवाट-आवर क्षमताको ब्याट्रीबाट चल्छ, जसले ६२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

यसले ३९० न्यूटन-मिटर टर्क उत्पन्न गर्न सक्छ र ०–१०० किलोमिटर प्रतिघण्टा गति ७.६ सेकेन्डमै पुग्ने क्षमता राख्दछ। ‘रिड्डारा स्मार्ट’, ‘एम’, ‘अपार्क’, ‘वेइडिङ’, ‘स्नोफ्लेक’, ‘कम्फर्ट’ र ‘स्पोर्ट’जस्ता विभिन्न ड्राइभिङ मोडहरू पनि यसमा समावेश छन्।

लिजी मोटर्सले ग्राहकहरूलाई लक्षित गर्दै यो गाडीको साथमा विभिन्न अतिरिक्त सुविधाहरू पनि घोषणा गरेको छ। जसमा निःशुल्क एक्सचेन्ज बोनस, फाइनान्स योजना, ७ किलोवाटको होम चार्जर, एक वर्षको सडक कर छुट र तीन वर्षको वारेन्टी योजना समावेश छन्।

Laxmi sunrise bank
kumari

लिजी मोटर्सका अनुसार यो गाडीको सुरुवाती मूल्य ५४ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

यसका साथै, कम्पनीले उपत्यका र प्रमुख सहरहरूमा ‘रिड्डारा एक्सचेन्ज सेन्टर’ स्थापना गर्ने योजना पनि अघि सारेको छ, जसबाट ग्राहकहरूलाई सजिलो रूपमा आफ्नो पुरानो सवारी साट्न सकिनेछ।
 

प्रकाशित: May 13, 2025| 15:06 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्