मंगलबार, वैशाख ३०, २०८२

इको-टुरिजमका लागि रारा उत्कृष्ट गन्तव्य 

 |  मंगलबार, वैशाख ३०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

vianetvianet

मुगु - नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको छ। काठमाडौं-रारा 
नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले गरिएको यस भ्रमणका क्रममा मुगुको शल्लेरीमा सोमबार अन्तरक्रिया आयोजना गरिएको हो । 
जसमा नेपाल पर्यटन बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता रहेको थियो ।

triton college

कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

रारामा होटल व्यवसाय गर्दै आएका देबीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए। उनले भने, "हामी काम सिक्दैछौं, विकास भइरहेको छ। हामी स्थानीयस्तरबाट सुझाव दिन तयार छौं, तर तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक छ।"

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले भने, "रारा अब पछाडि परेको गन्तव्य होइन। संरचनागत रूपमा धेरै विकास भइसकेको छ। खाना-बस्नको राम्रो व्यवस्थासँगै नियमित जहाज र सडक सञ्जालले सुगम बनाएको छ । रारा इको-टुरिज्म र चलचित्र छायांकन लागि उत्कृष्ट गन्तव्य हो। हामीले यो क्षेत्रका अझ बढी सम्भावना अन्वेषण गर्नुपर्छ र विश्वभरका पर्यटकहरूलाई यहाँ ल्याउन पहल गर्नुपर्छ।"

उनले थपे, "सबै काम एकैचोटी सम्भव छैन, तर सकारात्मक सोच र दृढ इच्छाशक्ति आवश्यक छ। रारा क्षेत्रको समग्र पर्यटन विकासका लागि हामी मानव स्रोतमा लगानी गर्न तयार छौं। तालिम, जनशक्ति विकास र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड प्रतिवद्ध छ।"

National life insurance

पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का अध्यक्ष भिष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौतीहरू भएतापनि संघ तयार रहेको बताए। उनले भने, "सडक छेउका होटलहरू व्यवस्थित गर्न जरुरी छ र स्थानीय बासिन्दाहरूमा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक छ।"

उनले रारा क्षेत्रको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै लगानीको वातावरण निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
नेपाल पर्यटन बोर्डले काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता र यससँग सम्बन्धित पूर्वाधार विकासमा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ। साथै, रारा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि होटल स्तरोन्नति, स्थानीय जनशक्ति तालिम, पर्यटक सेवा सुधार तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

प्रकाशित: May 13, 2025| 11:29 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्