बुधबार, असार ४, २०८२

बाल ठाकरेमाथि सोनुको हत्या गर्न खोजेको आरोप

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई - कांग्रेसका पूर्वसांसद एवम् पूर्वमुख्यमन्त्री नारायण राणेका छोरा नीलेश राणेले शिवसेनाका संस्थापक बालासाहेब ठाकरेले बलिउड गायक सोनु निगमको हत्या गर्न खोजेको आरोप लगाएका छन्।

यो समाचार बाहिरिएसँगै पत्रकारले गायक सोनु निगमसँग यसबारे बुझ्न खोज्दा कुनै स्पष्ट कुरा नबताएर अनौठो शैलीको प्रतिक्रिया दिए। यसबाट उनले के भन्न खोजेका हुन् प्रस्ट बुझिएको छैन।

रत्नागिरीमा आयोजित पत्रकार सम्मेलनमा नीलेशले बालासाहेबले सोनुको हत्याको योजना बनाएको आरोप लगाएका हुन्। शिवसेनाका लोकप्रिय नेता आनन्द दिघेको हत्यामा पनि बालठाकरे जिम्मेदवार रहेको बताएका थिए।

नीलेशले आफ्नो आरोपसँगै कुनै प्रमाण भने पेस गरेका छैनन्। तर उनले सोनुलाई बाल ठाकरेले मार्न आदेश दिएको भने दाबी गरेका छन्। सोनुलाई समेत यो कुराको जानकारी रहेको नीलेशको दाबी छ।

‘मलाई यो भन्न बाध्य नगरियोस्, उनीहरुको परिवारबीच के सम्बन्ध थियो’, उनले भने, ‘शिवसेनाका थप दुई जना पनि उनको हत्याबाट दु:खी थिए। ’

यस विषयमा सोनुले कुनै कुरा भनेको भए थप पुष्टि हुन्थ्यो। तर उनले केही पनि भनेका छैनन्। सोनु बेलाबेला गीतका साथै आफूले दिने बयानका कारण पनि चर्चामा आउने गरेका छन्। केही समयअघि  उनले भारतमा गायकसँग धेरै गलत क्रियाकलाप हुने गरेको बताएका थिए। उनले भने, ‘भारतीय म्युजिक कम्पनी गायकसँग पैसा लिन्छन्, तर पाकिस्तानी गायकसँग यस्तो हुँदैन।’ उनले आफू पाकिस्तानमा जन्मन पाएको भए राम्रो हुने समेत बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्