शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफले खोल्यो पाँच अर्ब लगानीमा इन्भेस्टमेन्ट कम्पनी 

नेपाल लाइफले खोल्यो पाँच अर्ब लगानीमा इन्भेस्टमेन्ट कम्पनी 

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’को सुरुवात गरेको छ। 

National life

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्। नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको हो। बिमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको जनाएको छ। 

उद्घाटन कार्यक्रममा अध्यक्ष संघईले नेपाल लाइफले २५औँ वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए। कम्पनीले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीलाई न्यूनीकरण गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको बताए। 

प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले उक्त प्रयासलाई बिमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताए। जनताको बचत र सम्पत्तिबाट संकलित बिमा कोषको सही संरक्षण र सदुपयोग बिमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको सुवेदीको भनाइ थियो। ‘मिहिनेत, पसिना बगाएर वा व्यापार–व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बिमा कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।’ 

त्यस्तै, सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले कम्पनीले हालसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको जीवन बिमा कोष निर्माण गरिसकेको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2025| 11:25 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्