शनिबार, वैशाख २७, २०८२

भारत र पाकिस्तानबीच युद्धविराम

 |  शनिबार, वैशाख २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

vianetvianet

भारत र पाकिस्तानबीच केही दिनदेखि जारी तनाव रोकिने भएको छ। दुवै देशका अधिकारीहरूले संघर्षविराम भएको पुष्टि गरेका छन्। 

triton college

दुवै पक्षले शनिबार स्थानीय समय अनुसार साँझ ५ बजेदेखि स्थल, हवाई र समुद्री मार्ग हुँदै हुने सबै प्रकारका गोलीबारी र सैन्य कारबाही तुरुन्त रोक्ने सहमति गरेका छन्।

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।

विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’

दुवै देशबीच आगामी वार्ता मे १२ तारिख (सोमबार) मा तय गरिएको छ ।

National life insurance

प्रकाशित: May 10, 2025| 18:33 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्