शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'गणतन्त्रको नाममा लुटतन्त्र छ, एकपल्ट बलियो धक्का दिने बेला भएको छ'

'गणतन्त्रको नाममा लुटतन्त्र छ, एकपल्ट बलियो धक्का दिने बेला भएको छ'

 |  शनिबार, वैशाख २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधान ल्याएँ भन्नेहरुले नै यो संविधानको उल्लंघन गरिरहेको आरोप लगाएका छन्। उनले आफूहरु यो संविधानमा असहमत र विमति राखेको भए पनि संविधानको पालना गरिरहेको दाबी गरे।

National life

राप्रपा सिद्धार्थनगरको नगर अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले यो संविधानमा राजसंस्था, हिन्दू राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, 'अहिले संविधानलाई आफूखुसी व्याख्या गर्न पाइँदैन र त्यस्तो भन्यो भने संविधानविपरीत हुन्छ भनेर हाम्रा साथीहरुलाई थुनामा राखिरहेका छन्। अरु पनि मानिसहरुको लिस्ट बनाएर यो सरकार प्रतिशोध साध्न तयार भएर बसिरहेको छ ।’

लिङ्देनले आफ्नो विचार राखेको कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताए। उनले यो सरकार संविधानविपरीत आफ्नो भ्रष्टाचार छोप्न र सत्ता स्वार्थका लागि अग्रसर भएको र यसले जे पनि गर्ने दाबी गरे।

विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको उनको भनाइ छ। भैरहवा विमानस्थलका लागि ३–४ सय विगाह जग्गा चाहिनेमा ८०० विगाहा जग्गा किन खरिद गरियो भन्दै उनले प्रश्न गरे। ‘नेपालमा भ्रष्टाचार गर्न योजना बनाइन्छ, एयरपोर्ट बनाइन्छ, कमिसन खान प्लेन किनिन्छ’, उनले भने, ‘आज देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ । एकपटक बलियो धक्का दिने बेला भएको छ ।’

उनले उपनिर्वाचन जहिले भए पनि आजैदेखि लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो स्वर्गीय दीपक बोहराको सपनासँग गाँसिएको विषय हो’, उनले भने, ‘उहाँको आत्मालाई सच्चा श्रद्धाञ्जली दिन एकताबद्ध भएर आजैदेखि लाग्नुस् ।’
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2025| 18:30 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्