शुक्रबार, जेठ ८, २०८३

'युद्धविरामका लागि भारत र पाकिस्तान सहमत'

 |  शनिबार, वैशाख २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमति जनाएको बताएका छन्। 

National life

ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा यस्तो बताएका हुन्। उनले भनेका छन्,‘अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानीपछि भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ।’

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत पूर्ण एवं तत्काल संघर्षविरामका लागि राजी भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पाकिस्तन र भारत तत्काल संघर्षविराम गर्न तयार भएको छ। पाकिस्तान सधैँ सम्प्रभुता र क्षेत्रीय अखण्डतासँगै विना सम्झौता क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ।’

भारतले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

Shivam cement

प्रकाशित: May 10, 2025| 18:23 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

आफ्नै पौरखमा बाँच्नेहरू

वृद्ध उमेरमा पनि ढाटिमाया जस्ता व्यक्तिहरू कसैसँग माग्नुको साटो सडक वा शनिबारे हाटमा साग, अदुवा, बेसार, केरा जस्ता सामान बेचेर आफ्नो दैनिकी चलाउँछन्।

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई [अन्तर्वार्ता]

बैदेशिक रोजगार विभागको वेबसाइटमा भएका सूचनालाई आधिकारिक मानेर त्यसैअनुसारका मेनपावर एजेन्सी छान्ने, आफ्नो रुचि अनुसारको देश र काम छान्नुपर्छ। कतिपय सामाजिक सञ्जालहरूमा आउने आकर्षक विज्ञापनहरूमा...