शनिबार, असार ६, २०८३

काठमाडौंका नदीनाला स्वच्छ बनाउँछौं: मन्त्री सिंह

 |  शनिबार, वैशाख २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२
National life
Shivam cement

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

शनिबार बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए।

वाग्मती, विष्णुमती, रुद्रमतीलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको उनले बताए। उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: May 10, 2025| 15:17 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्