शुक्रबार, पुस ११, २०८२

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

काठमाडौं- एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट सञ्चालनमा ल्याएको हो ।

National life

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यु लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।

सप इन सपबाट ग्राहकहरूले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअलजस्ता प्याकहरू, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध सेवाहरू लिन सक्ने बताइएको छ ।

'अब हाम्रा ग्राहकहरूले सबै ग्राहक सेवाहरू नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणाअनुरुप हामीले देशैभर विभिन्न स्थानहरूमा थप सप इन सपहरू सञ्चालनमा ल्याउने योजनाअनुसार काम गरिरहेका छौँ, जसले हाम्रा ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउनेछ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्मअनुसार ग्राहकहरूलाई सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,' रोड्रिगेजले भने ।

सो अवसरमा उनले सप इन सपमा आई ‘स्पिन एन्ड ह्विल’ खेलेका आगन्तुकहरूलाई विभिन्न उपहारहरू पनि वितरण गरेका थिए । 

Laxmi sunrise bank
kumari

आइतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरूलाई सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । 

प्रकाशित: May 08, 2025| 16:17 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्