काठमाडौं– नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक आज ६२.२५ अंकले बढेर २ हजार ६ सय ७३.६९ को विन्दुमा कायम भएको छ । यो २.३८ प्रतिशतको वृद्धि हो ।
बुधबार कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता सेयर ९९ हजार तीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो ।
बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ । बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फण्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको शेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता शेयर खरिदबिक्री भएको छ ।