शुक्रबार, असार ५, २०८३

‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ वैशाख २६ देखि

 |  बुधबार, वैशाख २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२

काठमाडौं- काइयी नेपालले ‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ को भव्य सुरुवात गर्ने घोषणा गरेको छ। विद्युतीय सवारीसाधनमा आकर्षक अफर र उपहारसहितको यो भव्य मेला २०८२ वैशाख २६ गतेदेखि २८ गतेसम्म थापाथलीस्थित काइयी सोरुममा आयोजना हुनेछ।

National life

ग्राहकले आफ्नो पुरानो कुनै पनि ब्रान्डको सवारी साधन ल्याई तुरुन्तै मूल्यांकन गराउन सक्नेछन्। मूल्यांकन गराउने प्रत्येक ग्राहकलाई क्यूएफएक्स चलचित्र हेर्न दुईजनाको निःशुल्क टिकट दिइने कम्पनीले जनाएको छ।

छानिएका विद्युतीय मोडलमा नगद छुट, बिमा सेवा, सडक कर निःशुल्क र विशेष एक्सचेन्ज बोनस प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

सफा, स्मार्ट र आधुनिक विद्युतीय सवारीतर्फ उपभोक्ताको ध्यान केन्द्रित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। 

काइयी नेपालले सस्तो, सहज र रमाइलो वातावरणमा ग्राहकलाई नयाँ सवारी किन्न उत्साहित गर्ने कम्पनीले जनाएको छ।

Shivam cement

प्रकाशित: May 07, 2025| 15:16 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्