शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइन सुरु

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइन सुरु

 |  बुधबार, वैशाख २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२

काठमाडौं- पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक सुरुवात गरेको छ।

National life

यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइ सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ। जसले विलाशिता, पहुँच योग्यता र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्ने कम्पनीको भनाइ छ।

धनगढीमा आयोजित डिलर लन्च कार्यक्रमलाई स्थानीय व्यावसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।

पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाबारे प्रकाश पारे।

पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए।

प्रकाशित: May 07, 2025| 15:12 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्