बिहीबार, वैशाख २५, २०८२

अन्नपूर्ण गाउँपालिकामा एक घर एक धारा

 |  बुधबार, वैशाख २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२

vianetvianet

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले धारा निर्माण गरेको हो।

triton college

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको योजना ७ वर्षमा सम्पन्न भएको हो। करिब ५ करोड रुपैयाँ लगानीमा ४ वटा योजनामा निर्माण भएका छने। जसबाट ४ सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल झलकमोहन ओझाले जानकारी दिए। पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न ७ वर्ष लागेको हो।

उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको २० लाख रुपैयाँ बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा ४ लाख ६७ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ। गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक-फरक ठाउँमा निर्माण भएका रिजर्भ ट्यांकीमा संकलन गरेर पाइपमार्फत घरघरमा वितरण गरिएको छ।

दोबा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाका अनुसार मुहान, ट्यांकी र मुख्य पाइपको भौतिक संरचना निर्माणमा डिभिजन कार्यालयले सघाएको हो। यद्यपि शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन्।

योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जा बताउँछन्। अन्नपूर्ण-१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो। योजना निर्माण भएपछि स्थानयिले शुद्ध खानेपानी उपभोग गर्न पाएका छन्। 

National life insurance

स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आएपछि समयको बचत भएको र झञ्जट हटेको बताइन्। ‘पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ’ उनी भन्छिन्, ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ।’ रासस

प्रकाशित: May 07, 2025| 17:01 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्