शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना हुँदा नौ जना घाइते, छ जनाको अवस्था गम्भीर

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना हुँदा नौ जना घाइते, छ जनाको अवस्था गम्भीर

 |  बुधबार, वैशाख २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२
National life
Shivam cement

भीमफेदी- राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ।  

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: May 07, 2025| 09:55 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्