पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ ।
मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।
उनको शव नर्भिकबाट पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।