शुक्रबार, असार ५, २०८३

कम्युनिष्ट नेता प्रदीप नेपालको निधन

 |  मंगलबार, वैशाख २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२
National life
Shivam cement

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो।

उनी नर्भिकको आईसीयूमा उपचाररत थिए । नेपाल केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो। उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए। पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको बताइएको छ।

नेकपा एमालेमा लामो समय काम गरेका नेपाल केही वर्षदेखि भने राजनीतिमा सक्रिय थिएनन्।

प्रकाशित: May 06, 2025| 16:33 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्