मंगलबार, वैशाख २३, २०८२

आफ्नै घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

 |  मंगलबार, वैशाख २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको हो।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
 

प्रकाशित: May 06, 2025| 12:39 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्