मंगलबार, वैशाख २३, २०८२

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

 |  मंगलबार, वैशाख २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

vianetvianet

धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को१ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

triton college

धनकुटाको धनकुटा नगरपालिका–६, औद्योगिक ग्रामनजिक सोमबार (वैशाख २२) भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

दुर्घटनामा परी सख्त घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको थियो । 

उपचारकै क्रममा रहेका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बस्पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । विभिन्न अस्पतालमा उनीहरूको उपचार जारी छ ।

National life insurance

प्रकाशित: May 06, 2025| 12:35 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्