सोमबार, वैशाख २२, २०८२

साथीहरुसँग पौडी खेल्न गएका दुई किशोरको डुबेर मृत्यु

 |  सोमबार, वैशाख २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

vianetvianet
triton college
National life insurance

मध्यविन्दु (नवलपरासी ब सु पको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । 

आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् । 

साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो । 
 

प्रकाशित: May 05, 2025| 18:21 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्