शुक्रबार, असार ५, २०८३

सेतीमा बेपत्ता युवकको शव १८ फिट मुनिबाट निकालियो

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

काठमाडौं- सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।

National life

पोखरा महानगरपालिका–१४ खाल्टे मसिनास्थित सेती नदीमा बेपत्ता भएका युवकको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो २ बजेतिर बेपत्ता भएका थिए।

जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा गोताखोरको टोली खटिएको थियो।

गोताखोरको टोलीले १८ फिट गहिराइबाट डेढ घण्टापछि शव निकालेको डिएसपी थापाले बताए। 

Shivam cement

प्रकाशित: May 05, 2025| 16:30 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्