सोमबार, वैशाख २२, २०८२

नागढुंगा-नौबिसे सडक राति बन्द गरेर मर्मत गरिँदै

 |  सोमबार, वैशाख २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

vianetvianet

काठमाडौं- नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड आज रातिदेखि दश दिन आंशिक रुपमा बन्द हुने भएको छ। राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने छ।

triton college

वैशाख ३१ गतेसम्म सडक बन्द गरेर काम गरिने भएकाले उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराइएको छ।

अहिले १ दशमलव ८ किलोमिटर सडक सुधार गर्न लागिएको हो । रातिको समयमा उक्त खण्डको पुरानो कालेपत्रे पूरै भत्काइने भएकाले तोकिएको समयमा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन चल्न दिइने छैन।

अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दैनिक १० हजार बढी सवारीसाधन ओहोरदोहर गर्छन् ।

प्रकाशित: May 05, 2025| 09:54 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्