शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा रहने, प्रसाईंको उपचार प्रवन्ध गर्न आदेश

रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा रहने, प्रसाईंको उपचार प्रवन्ध गर्न आदेश

 |  आइतबार, वैशाख २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

काठमाडौं- काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटनामा पक्राउ परेका २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

National life

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईंमाथि पनि यही कसुरमा म्याद थप भएको छ ।

अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ। 

यसैगरी काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको छ।

Shivam cement

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंलाई न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उपचारको प्रबन्ध मिलाउन आदेश दिएको हो।

प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै निवेदन दिएका थिए। त्यही निवेदनको सुनुवाइ गर्दै अदालतले प्रबन्ध मिलाउन आदेश दिएको हो।

प्रसाईं २०८१ चैत १५ गतेको राजावादी प्रदर्शनपछि पक्राउ परेका थिए। 

प्रकाशित: May 04, 2025| 20:56 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्