बागमती- हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो।
सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ।