काठमाडौं– प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने सरकारले तयारी गरेको छ। उच्च स्रोतका अनुसार आज सोमबार बसेको कन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ।
आजको बैठक सकिएलगत्तै आजै रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न लागिएको छ। सरकारले अधिवेशन अन्त्य गरेर विभिन्न अध्यादेश ल्याउने तयारी गरेको छ। स्रोतका अनुसार नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षलाई सहज हुने गरेर सरकारले अध्यादेश ल्याउन लागिएको हो। अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ।
अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ। राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ। अध्यादेशमार्फत सोही प्रावधान खुकुलो बनाएर ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुर्याए विभाजनका लागि पुग्ने व्यवस्था गर्न लागिएको हो।