सोमबार, भदौ १५, २०८३

अमृत भोग बासमती चामलको ग्रान्ड डिलर कार्यक्रम सुरु

 |  आइतबार, वैशाख २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

काठमाडौं- त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी राइस इन्डस्ट्रीले नयाँ प्रिमियम उत्पादन 'अमृत भोग बासमती चामल' सार्वजनिक गरेको छ। गत शुक्रबार काठमाडौंमा ३५० भन्दा बढी डिलरहरूको उपस्थितिमा नयाँ उत्पादन सार्वजनिक गरिएको हो।

अध्यक्ष वीरेन्द्रकुमार संघइ र निर्देशक श्री साकेत संघइले संयुक्त रूपमा नयाँ उत्पादनको चामल सार्वजनिक गरेका थिए। २० केजीको अमृत भोग बासमती चामलको प्रारम्भिक मूल्य २ हजार ८ सय ५१ रपैयाँ तोकिएको छ।

त्रिवेणी राइस इन्डस्ट्रीले ९ कात्तिक २०८० बाट औपचारिक उत्पादन सुरु गरेको थियो र यसको उद्योग पर्सा, वीरगञ्जमा रहेको छ। करिब डेढ वर्षको छोटो अवधिमै कम्पनीले प्रिमियम राइस सेग्मेन्टमा सशक्त उपस्थिति जनाउन सफल भएको दाबी गरेको छ।

प्रकाशित: May 04, 2025| 12:12 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्