शुक्रबार, असार ५, २०८३

मेलम्चीमा बाढी आएपछि काठमाडौंमा पानी पठाउन बन्द

 |  आइतबार, वैशाख २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२
National life
Shivam cement

काठमाडौं- वर्षाका कारण मेलम्चीमा बाढी आएर पानी धमिलिन थालेपछि काठमाडौंमा पानी पठाउन बन्द गरिएको छ। धमिलो पानी आउँदा तत्कालका लागि पानी बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

वर्षा रोकिएको खण्डमा केही दिनमै पुनः पानी वितरण गरिने केयूकेएलोको भनाइ छ। मेलम्ची नदीमा पानीको बहाव पनि बढेकाले खानेपानी आयोजनाको संरचनामा क्षति पुग्नबाट रोक्न पानी बन्द गर्नुपरेको हो।

केही दिनअघि पनि वर्षा हुँदा केयूकेएलले पानी वितरण बन्द गरेको थियो। दुई वर्षअघिको ठूलो वर्षाले मेलम्ची आयोजनामा ठूलो क्षति हुँदा यो आयोजना अस्थायी हुन पुगेको छ।

प्रकाशित: May 04, 2025| 11:41 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्