शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात व्यवस्था कार्यालय हेटौंडाले नौ महिनामा उठायो ४५ करोड राजस्व

यातायात व्यवस्था कार्यालय हेटौंडाले नौ महिनामा उठायो ४५ करोड राजस्व

 |  बिहीबार, वैशाख १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०८२

बागमती- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को नौ महिनाका अवधिमा ४५ करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

National life

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँचसय ९० रूपैयाँ राजस्व  संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीनसय १४ रूपैयाँ, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुईसय ९९ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट सात करोड १५ लाख ७६ हजार नौ सय ९२, संघीयतातर्फ तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट आठ हजार दुईसय ५० रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई-रिक्सा ६ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीनसय ५१ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एकसय ६१ गरी पाँच हजार तीनसय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

Laxmi sunrise bank
kumari

यस्तै, सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीनसय ९९ वटा सवारीसाधन दर्ता गरेको थियो। रासस

प्रकाशित: May 01, 2025| 16:01 बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्