काठमाडौं- सुनको मूल्य आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ ।
सुनको मूल्य तोलामा चार हजार ६ सय रुपैयाँले घटेर बिहीबार एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार तोलामा ५० रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।