शुक्रबार, पुस ११, २०८२

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

काठमाडौं- सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १४.५३ अंकले घटेको छ। आइतबारको तुलनामा ०.५४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ४७.०७ बिन्दुमा ओर्लेको छ। 

National life

कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६७ वटाको घट्यो। आज ७६ हजार ९ सय ९८ पटकको सेयर कारोबारमा २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच भए। यो किनबेचमा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो। 

आइतबार नेप्से सामान्य अंकले मात्र सुधार भएपनि १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी र व्यापार बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

प्रकाशित: Apr 28, 2025| 16:00 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्