शुक्रबार, भदौ ५, २०८३

'सभामुख महोदय ! फेरि केपी ओली सरकार ल्याउनुपर्ने हो?'

नेकपा एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै कडा आपत्ति जनाएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– नेकपा एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै कडा आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन किन ढिलाइ भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराए।

अघिल्लो सरकारले अफगानिस्तानमा भएको घटना र चीनबाट नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन महत्वपूर्ण कदम चालेको भन्दै उनले अहिलेको सरकारले त्यसबाट केही सिक्नुपर्ने बताए। ‘सभामुख महोदय ! फेरि आन्दोलन गर्नुपर्ने हो? फेरि केपी ओलीको सरकार ल्याउनुपर्ने हो?’ उनले भने, ‘जनताले अहिलेको सरकारको गति देखेर यस्तै माग गरिरहेका छन्।’

सांसद बस्नेतले महाकालीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाका बारेमा अहिलेसम्म सरकारले ध्यान दिन नसकेकोमा आपत्ति जनाए। 


प्रकाशित: Aug 16, 2021| 14:02 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...