मंगलबार, चैत २४, २०८२

काउटिन्हो देखी किन सन्तुस्ट छैन बार्सिलोना ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पछिल्लो समय अपेक्षित प्रर्शन गर्न नसकेका फिलिप्पे काउटिन्हो देखी बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे सन्तुस्ट देखिन्न । उनी यस सिजन लामो समयपछि बार्सिलोनाको सुरुआती टोलीमा समेत पर्न सकेका थिएनन् । 

लोमो समय पछि सुरुवाती ११ मा परेका कोउटिन्होले खेलमा आफ्नो पुरानो प्रभाव नछोड्डा प्रशिक्षक भाल्भर्डे सन्तुस्ट नभएका हुन् । ब्राजिलियन काउटिन्होलाई बार्सिलोनाले गत जनवरी सिजनमा १ सय ६२ मिलियन युरोमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो । 

सोहि २०१७-१८ को सिजनमा उनले ला लिगाका मात्र १८ खेलमा ८ गोल गरेका थिए । उनले गत सिजन सबै खाले २० खेल खेल्दै १० गोल गारे । तर यस सिजन उनले ला लिगामा १७ खेल खेल्दा मात्र ४ गोल गरेका छन् । यस सिजन अहिले सम्म सबै खाले २५ खेल खेल्दा उनले ६ गोल मात्र गरेका छन् । 

प्रशिक्षक भाल्भर्डेले काउटिन्होले आफुले सकेजति गरेको तर, त्यो प्रयास्त नभएका बताएका छन् । पछिल्ला खेलमा सुरुआती टिममा कोउटिन्हो पर्न नसक्नुको कारणबारे सोधिएको प्रश्नमा बोल्दै भाल्भर्डेले कोउटिन्होले आफ्नो स्थानका लागि थप संघर्ष गर्नुपर्ने बताएका छन् । 

‘गत सिजनको अन्तिम चरणमा उनी जस्तो लयमा थिए, अहिले त्यो अवस्था छैन,’ भाल्भर्डेले भने, ‘उनीले आफ्नो अवस्था सुधार्न थप संघर्ष र प्रतीक्ष गर्नुपर्छ ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।