काठमाडौं- नेपालका लागि प्राविधिक र स्टाइलिस दृष्टिले उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ग्राहकका लागि विशेष अफरको घोषणा गरेको छ। यस अफरमा, ग्राहकले दिपल इभीको आकर्षक मूल्यमा लाभ लिन सक्नेछन्।
“अनमिसेबल प्रि–बजेट अफर” मार्फत एमएडब्लु वृद्धि अटोकर्पले २० प्रतिशत डाउनपेमेन्टमा ८.९९ प्रतिशत ब्याजदरमा सुविधा प्रदान गरेको छ। यसका साथै, ग्राहकले पुरानो गाडीमा एक्सचेञ्ज बोनस, नगद छुट, र आर्थिक वर्ष २०८२/८३ को निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पाउनेछन्।
यो अफर विशेष गरी बजेट आउने अघि सार्वजनिक गरिएको हो, जसले ग्राहकलाई दिपल इभीको स्टाइल र अद्वितीय फिचरहरूसहित अबको समयमै खरिद गर्ने उत्तम अवसर प्रदान गर्दछ।
दिपल इभीको मोडेल एस०७, एस०७ एल, एल०७ र ई०७ उच्च प्राविधिक गुणस्तरका साथ उपलब्ध छन्, जसमा १० भन्दा बढी इन्डस्ट्री–फस्र्ट फिचरहरू जस्तै ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’ र ‘सनफ्लावर टचस्क्रिन’ प्रदान गरिएका छन्।
यसका अतिरिक्त, कम्पनीले नेपालभर १०० भन्दा बढी चार्जिंग स्टेसन पनि सञ्चालन गर्दैछ, जसको सञ्जाल नेपालमा सबैभन्दा ठूलो हो।
कम्पनीका अनुसार, यो अफर केवल ४५ दिनको लागि लागू हुनेछ, जसको अवधिमा ग्राहकले नि:शुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि प्राप्त गर्न सक्नेछन्।