शुक्रबार, वैशाख १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफद्वारा एकदिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एकदिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

 |  शुक्रबार, वैशाख १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

vianetvianet

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एकदिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित सो कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

triton college

कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको उपस्थिति थियो ।

सो अवसरमा कम्पनीका सञ्चालक अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रीहरूलाई हृदयदेखि नै धन्यवाद दिए । उनले आगामी दिनमा कम्पनीले लिएको लक्ष्यप्राप्तिका निम्ति सबैलाई शुभकामना व्यक्त पनि दिए ।

अग्रवालले जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको र यसको पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको बताए । बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह उनले गरे ।

अग्रवालले भने, ‘सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोस, जाँगर, इमानदारी, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण हो । विभिन्न परिस्थितिबाट गुज्रिँदै र त्यसबाट पाठ लिँदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्छ । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आमनागरिक बीच पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा मेरो जोड छ ।’

National life insurance

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारीहरू, अभिकर्ताहरू रहेकाले सबैलाई धन्यवाद दिए । २५औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

पराजुलीले भने, ‘यस आर्थिक वर्षमा नेपाल लाइफले जीवन बीमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद चाहन्छु । जीवन बीमाको पहुँचलाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गर्दछु ।’

कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समयसापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको पराजुलीले बताए । निकट भविष्यमा बीमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने र बीमितहरूले घरमा बसीबसी सम्पूर्ण सेवा थप छिटोछरितो, चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने उनले बताए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । जीवन बीमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरू हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न उनले आग्रह गरे ।

भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बीमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी पनि गरिसकिएको उनको भनाइ थियो । कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित: Apr 25, 2025| 12:56 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्